लागूऔषधसहित एक व्यक्ति पक्राउ

Pakrau

मोरङ । सुनवर्षी नगरपालिकाबाट बुधबार एउटा स्कुटरको डिकीबाट प्रहरीले लागूऔषध बरामद गरेको छ ।

को३० प४७६३ नं.को स्कुटरको डिकीमा राखेर लिएर आउँदै गरेको अवस्थामा लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय ले बताएको छ ।

लागूऔषध बरामद भएपछि स्कुटर चालक पथरीशनिश्चरे नगरपालिका(१ का २४ वर्षीय रुपेश मिजारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

मिजारले चलाएको स्कुटरको डिकीबाट एक सय ५० ट्याब्लेट नाइट्राभेट, ४० ट्याब्लेट स्पासप्रोक्रन र तीन बोतल कारेक्स बरामद भएको छ ।

पक्राउ परेका मिजार विरुद्ध लागूऔषध सम्बन्धी मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस