धनकुटामा फिजियोथेरापी सेन्टर संचालन

Dhankuta

धनकुटा । पहिलो पटक धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ ।

कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

धनकुटाका स्थानीय युवाको पहलमा करिब २० लाख रुपैयाँ लगानी गरिएको छ ।यो सेन्टरमा गर्धन दुख्ने, ढाड दुख्ने, कम्मर दुख्ने, नशा च्यापिएको, प्यारालाईसिसलगायतका रोगको उपचार गरिने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस