बल्खु तरकारी बजारमा एकाबिहानै तनाब, ब्यापारी पक्राउ

Balkhu tarkari bazar

काठमाडौं । सरकारी टोलीले बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेको हो ।

सो टोलीले एकजना व्यापारीलाई पनि पक्राउ गरेको छ । ब्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरेको हो ।

विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।

साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजारभित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् ।

यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुन सहितको टोलीमाथि त्यही बजारमा व्यापारी साह सहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।

अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।

सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बरसमेत नरहेको अनुगमन टोलीले जनाएको छ ।

त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

बल्खु तरकारी बजार कम्पनी ऐनअन्तर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमाा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...