सशस्त्र प्रहरीका डिएसपी निलम्बित, काठ तस्करीको आरोप

Apf 1

काठमाडौं । गृह मन्त्रालयले काठ तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीलाई निलम्बन गरेको छ । भण्डारीले काठ तस्करी गरेका प्रमाणित भएपछि उनी निलम्बनमा परेका हुन् ।

गत जेठ २१ गते सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा १ ग १६६९ नम्बरको ट्रकमा ९२.९८ क्यूफिटको एक सय ८४ थान काठ डिएसपी भण्डारीले सुनसरीतर्फ पठाउँदै गर्दा धनकुटाको साँगुरीगढीमा सशस्त्रकै गस्ती टोलीले फेला पारेको थियो ।

काठको छुटपुर्जी लगायत कागजपत्र समेत तयार नपारीकनै र माथिल्लो निकायलाई पनि जनकारी नदिई अर्को जिल्ला पठाउन लागिएको सो काठबारे गृहले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा भण्डारीले काठ तस्करी गरेको खुलेपछि उनलाई निलम्बन गरिएको गृहले जनाएको छ ।

प्रतिकृया दिनुहोस