धनकुटामा उद्यम सेवा केन्द्रको गठन

Dkt udham sewa

धनकुटा । धनकुटामा उद्यम सेवा केन्द्र गठन भएको छ । समृद्धि परियोजनाअन्तर्गत जारी गरिएको निर्देशिकामा व्यवस्था भएअनुसार धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन भएको छ ।

आइतबार गठन भएको सो समितिका सदस्यहरुमा घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, जिल्ला लघु उद्यमी समुह धनकुटाका अध्यक्ष मिना भूजेल, धनकुटा नगरपालिकाका उद्योग तथा बाणिज्य शाखाका प्रमुख विकास अधिकारी छन् । सदस्य सचिवमा भने उद्यम सेवा केन्द्र धनकुटाका गौरव कार्की छन् ।

धनकुटा, तेह्रथुम र भोजपुरमा सञ्चालनमा आएको सो परियोजनाले यी जिल्लाको आर्थिक र पर्यटनको विकासका लागि काम गर्ने छ ।

प्रतिकृया दिनुहोस