प्रदेश सरकारको बेतिथि : बिदा नमान्दा मन्त्रीले लगाए बैंकमै ताला

Pradesh tala

जनकपुर । आज रक्षाबन्धन । प्रदेश नं. २ र ७ को प्रदेश सरकारले सार्वजनिक विदा दियो । अन्य प्रदेशले सार्वजकि विदा दिएन । विदा दिएको प्रदेशमा पनि केही सरकारी कार्यालयहरु खुल्ला रहे ।

प्रदेश सरकारका एक जना मन्त्री भने प्रदशे सरकारले दिएको बिदा अवज्ञा गरेको भन्दै क्रुद्ध भए । उनले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी नै गरिदिए । त्यसरी तालाबन्दी गर्ने मन्त्री हुन् आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव ।

उनले मुरली चोकस्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाए । प्रदेश सरकारको बिदा अटेर गरेको भन्दै मन्त्री यादवले आफैँ नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयमा पनि पुगे ।

त्यहाँ उनले कार्यालय सञ्चालन नगर्न निर्देशन दिए । संघीय सरकार अन्तर्गतका जिल्ला प्रशासन सहितका कार्यालयले प्रदेश सरकारले यसअघि दिँदै आएका बिदा नमान्ने जनाएका थिए ।

भदौ १ गते लागू भएको देवानी कार्यविधि संहिताको दफा ५१ को स्पष्टीकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानुनी व्यवस्था गरेको छ । त्यसेका आधारमा प्रदेशअन्तर्गत रहेका संघीय कार्यालयहरूले उल्लंघन गरेकोले बाध्यकारी रूपमा प्रदेश सरकार कानुन कार्यान्वयन गराउन खोजेको देखिन्छ ।

प्रतिकृया दिनुहोस