एउटै गाउँमा ८६ जना महिलालाई पाठेघरमा क्यान्सर !

Sirha cancer

सिरहा । क्यान्सर अस्पताल निर्माणका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले बगाहामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कर्जन्हा क्षेत्रका ८६ जना पाठेघरका क्यान्सर रोगी महिला फेला परेका छन् । 

आठ जना तत्काल क्यान्सर अस्पताल भर्ना गरी केमोथेरापी नै शुरु गर्नुपर्ने शिविरका टिम लिडर तथा भरतपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा.निर्मलकुमार लामिछानेले बताए ।

आठ जनाको पाठेघर पूर्ण रूपले खसेको र ६ जनाको पाठेघरभित्र मासु पलाएको पाइएकाले पायक पर्ने अस्पतालमा उपचारका लागि जान सुझाव दिइएको छ ।

चितवनको भरतपुरस्थित विपी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको साझेदारीमा सञ्चालित शिविरमा भरतपुरस्थित क्यान्सर अस्पतालका पाँच विशेषज्ञ चिकित्सक, तीन फार्मे्िसस्ट, दुई जना नर्स तथा कर्जन्हास्थित फूलकुमारी हस्पिटलका दुई मेडिकल अधिकृत र दुई नर्सले जाँच गरेका थिए ।

बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो । डा. लामिछानेका अनुसार भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरुको तथ्यांकअनुसार सबैभन्दा बढी सिरहा, सप्तरी, धनुषा तथा महोत्तरी लगायतका जिल्लाका क्यान्सर रोगीहरु जाने गरेका छन ।

‘अस्पतालमा उपचारका लागि जानेमध्ये सबैभन्दा बढी पाठेघर, फोक्सो र स्तन क्यान्सरका बिरामी पाइएका छन्’ डा. लामिछानेले भने ।

 

प्रतिकृया दिनुहोस