के तपाईको धेरै रिसाउने बानी छ ? यी कुरामा ध्यान दिनुहोस्

Fighting people e1335898010577

काठमाडौं । विभिन्न कारणले मान्छेलाई रिस उठ्छ । रिस बढ्दै गयो भने यसले नकारात्मक असर पार्छ । रिस नभएका मान्छे कमै भेटिन्छन् ।

अहिले जुनसुकै उमेर समूहको मानिसमा रिस बढ्दै गएको पाइन्छ, यसलाई कसरी बुझ्ने ?

सोच्दा या विचार गर्दा मान्छेमा एक प्रकारको भावना उत्पन्न हुन्छ । त्यो भावना बाहिर व्यक्त गर्ने व्यवहार हो, त्यो व्यवहार विभिन्न किसिमका मानिसले व्यक्त गर्दछन् ।

खुसी भएको बेला खुसी र दुःखी भएको बेलामा दुःख व्यक्त गर्छ । रिसाउने भनेको कुनै बिरामी होइन । यो सामान्य अवस्था नै हो । रिसाउने पनि कुनै एउटा समय परिस्थिति हुन्छ । रिसाउनु रोग त होइन, तर यो सही ठाउँमा भएन र चाहिनेभन्दा बढी भयो भने यसले हाम्रो शरीरमा, मनमा, विचारमा र स्वास्थ्यमा नकरात्मक असर पार्न सक्छ ।

रिसाउने तरिका एउटै हुन्छ कि फरक फरक हुन्छ ?
धैरै फरक हुन्छ । केटा मान्छेको रिसाउने तरिका छुट्टै हुन्छ । उमेर अनुसार पनि फरक हुन्छ । सानो बच्चा हो भने रिसाउँदा आफ्नो घरको सामान बिगार्ने, फ्याँक्ने गर्न सक्छ । ठूलो मान्छे हो भने बढी कडा रुपमा रिसाउने हुन्छ ।

कति मान्छे रिस उठेपछि रक्सी पिउने, चुरोट खाने गर्छ । महिलाहरुमा पनि स्कुल जाने किशोरीहरुले रिस पोख्नको लागि आफ्नो हात काट्ने पनि गर्छन् । कोही स्कुल नै जाँदैनन् , कोही सुतिदिन्छन् । रिसाउँदा व्यक्त गर्ने तरिका सबैको उमेर अनुसार फरक हुन्छ ।

कस्तो लक्षण देखियो भने रिस उठेको रहेछ भनेर बुझ्ने ?

-सानोतिनो कुरामा नि झर्किने स्वभावको ।
-काममा ध्यान नदिने ।
-त्यो मान्छे आफूलाई पनि असजिलो महसुस हुने ।
-शरीरको विभिन्न भागमा पोलेको, झमझमाएको जस्तो हुने ।
-मुटुको धड्कन बढ्ने ।
-तत्काल प्रतिकृया दिने ।
-खानेकुरा नखाने ।

के कारणले यस्तो लक्षण देखिन्छ ?
कारण धेरै हुन्छ, कसैलाई अफिसमा आफूले भने जस्तो भएन भने पनि रिस उठ्छ । कतिपयलाई हाफ्नो सम्बन्धमा चित्त बुझेन भने पनि रिस उठ्छ । कसैको शरीरमा स्ट्रस हर्माेन बढी भयो भने पनि रिस उढ्छ । त्योबेला उसको रक्तचाप पनि बढेको हुन्छ ।

रिसाउने केही हदसम्म नराम्रो नहोला, तर धेरै लामो समयसम्म भयो भने शारीरिक रुपमा पनि नकरात्मक प्रभाव पर्दछ ।

-रिस बढेपछि कस्ता खालका समस्या निम्त्याउँछ ?
-रिस कडा रुपमा भयो भने कसैको सम्बन्ध नै बिग्रन्छ ।
-दैनिकी पूरा गर्न कठिन हुन्छ । भोक, निद्रा खलबलिन सक्छ ।
-श्रीमान श्रीमतीमा रिस धेरै भयो भने सम्बन्ध बिच्छेद हुन सक्छ ।
-कुनै पनि व्यक्तिको सामाजिक, मानसिक र शारीरिक समस्या हुन्छ ।

रिसलाई व्यवस्थापन गर्न सकिन्छ ?
सकिन्छ । जस्तै

-धेरै रिस उठ्ने वातावरण छ भने त्यो वातावरणबाट बाहिर निस्कने ।
-पानी पिउने ।
-रिसाएको बेलामा जे मन लाग्यो त्यै गर्नु हुँदैन । रिसाएको बेलमा विवेकले काम गर्नुपर्छ ।
-समय लिएर सोच्नु पर्छ ।
-आफ्नो दिमागलाई कतै लगाउनुपर्छ । जस्तै कसरत गर्ने, नाच्ने, म्युजिक सुन्ने ।
-रमाईला पलहरु सम्झने, चिया कफी पिउने तथा सिनेमा हेर्ने गर्नुपर्छ ।

जसको कारणले रिसबाट उत्पन्न हुने नकरात्मक असर कम गर्न सकिन्छ ।

रिस उठ्नुभन्दा पहिला नै कस्तो साबधानी अपनाउन सकिन्छ ?

मानिसको मनोविज्ञान मानिस मानिसमा फरक फरक हुन्छ । त्यसैले आफ्नो मनोविज्ञानको बारेमा बुझी राख्नुपर्याे कि मलाई के गर्दा रिस उठ्छ भनेर । जुन रिस उठ्ने कारण छ त्यसलाई पहिला नै थाहा पाउनु पर्छ ।

आफ्नो मनोभावनालाई नियन्त्रणमा राख्नुपर्छ । रिस नउठ्नको लागि पहिला नै सावधानी अपनाउने हो रिस उठे पनि रोक्न सकिन्छ । रिस एक किसिमको बाहिर निस्कने मनको भावना हो । रिसाउनै हुँदैन भन्ने होइन कि त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।

प्रतिकृया दिनुहोस