चितवनमा स्क्रब टाइफसको सङ्क्रमण

Chitwan

चितवन  । चितवनमा साउन महिनामा मात्रै ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

मुसामा हुने किरा माइटको टोकाइबाट यो रोग लाग्ने गरेको पाईएको छ । २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनालाई स्क्रब टाइफस भएको थियो । साउनमा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो ।

एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा ५९ सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । ३३ जना चितवनका रहेका थिए । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...