निजगढ विमानस्थलमा अर्थको चासो, अध्ययनमा अर्थमन्त्रालय

Nijgadh airport

काडमाडौं। अर्थमन्त्रालयले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको निर्माण कार्य थालनीमा चासो देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उक्त विमानस्थल निर्माण प्रक्रियामा ढिलाई भएको भन्दै अर्थले हात हालेको हो ।

यो विमनस्थल निर्माणमा नागरिक उड्डयनय प्राधिकरणले आफैले १ खर्ब २१ अर्बमा आयोजना बनाउन सकिने प्रारम्भिक अनुमान गरेको थियो ।अर्थमन्त्री खतिवडा भने निजि साझोदारीमा निर्माण गर्ने बताउदै आएका छन् ।

अर्थ मन्त्रालयले विमानस्थलको मोडालिटी विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बारे अध्ययन सुरु गरेको छ । आगामी वर्षदेखि निर्माण कार्य थालनी गर्नका लागि यो वर्ष सबै प्रक्रिया पुरा गराउने योजनामा अर्थ मन्त्रालय देखिएको हो ।

अर्थमन्त्रालयका सहसचिव चन्द्रकला पौडेलका अनुसार निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले अर्थले यसमा विशेष ध्यान दिएको हो । उनले भने, ‘अर्को कुरा यसको निर्माण प्रक्रियामा हामी छिटो जानुपर्ने आवश्यकता छ ।देशमा एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल भएको कारणले दोस्रो विमानस्थल अत्यन्त आवश्यक छ ।’

अर्थले १५ करोड भन्दा माथिको परियोजनामा आवश्यक काम अघि बढाउन र अनुगमन गर्न पाउने व्यवस्था रहेको छ । तर अर्थले पर्यटन मन्त्रालयबाट खोसेर आफै निर्माण गरेको चाहिँ भन्न मिल्दैन, अर्थबाट अनुगमन र निर्माण प्रक्रियमा सहजता गराउन केहि मा गर्न लागको पैडेलको भनाई छ ।

उक्त विमानस्थथल निर्माणको लागि इआइए (वातावरणिय प्रभाव मुल्याङकन) पास भएर आवशयक रुख कटान गर्ने अवस्थामा रहेको छ ।कूल २४ लाख रुख काट्नुपर्ने छ । दोस्रो चरणमा बनाउनुपर्ने अर्को धावनमार्ग र एयरपोर्ट सीटीका लागि आवस्यक उक्त संख्यामानै रुख काट्नुपर्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...