कञ्चनरुपको स्वास्थ्य संस्थामा प्रसूति संख्या वृद्धि, विरामी सेवा लिनेमा दोब्वरले वृद्धि

Preg ub1ik7refo

सप्तरी, सिमरा । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्यामा वृद्धि भएको छ ।

सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमितामा राखि चेतना मुलक कार्यक्रम सञ्चालन गरिएपछि यो संख्या वृद्धि भएको हो ।

स्वास्थ्य शाखा संयोजक तथा सिनियर अहेब डम्बर गुप्ताले कञ्चनरुप नगरपालिका अन्तर्गतका ९० प्रतिशत महिलाहरुले हाल स्वास्थ्य संस्थामै प्रसूति गराउने गरेको वताए । ‘६० प्रतिशत स्थानीय स्वास्थ्य संस्था र ३० प्रतिशत महिलाले नगरभन्दा बाहिरका स्वास्थ्य संस्थामा प्रसुति सेवा लिईरहेका छन्’ उनले भने ‘१० प्रतिशत महिलाहरु अहिले पनि घरमै सुत्केरी हुने गरेका छन्, यो संख्यालाई शुन्यमा पुर्याउन हामी काम गर्दैछौं ।’

घरमा प्रसूति गराउने महिलाहरुलाई पनि स्वास्थ्य संस्थासम्म पुर्याउन नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको उनले वताए । ‘सर्वसाधारणले वुझन नसकेको भएपनि आमा र वच्चाको सुरक्षा हाम्रो दायित्व हो’ गुप्ता भन्छन्, ‘हामी त्यो कुरा जनतालाई वुझाउँन पर्छ भन्ने मान्यताका साथ कार्यक्रम तयार गर्दैछौं ।’

नगरपालिकाले नीति तथा कार्यक्रममै सर्वसुलभ स्वास्थ्य सेवा दिने वाचा र प्रतिवद्धता गरेको वताउँदै गुप्ताले भने, ‘त्यो प्रतिवद्धता पुरा गर्न पुर्वाधार तयार भईरहेका छन् । हामी आफनो दायित्व वहन गरिरहेका छौं ।’

सवै पक्षको प्रयासकै कारण सुरक्षित प्रसुतिका क्षेत्रमा नगरपालिकाले ठुलो फड्को मारिरहेको उनको भनाई छ । ‘तत्कालिन कञ्चनपुर गाविस २०६३ सालमा प्राथमिक स्वास्थ्य स्तरमा सुरक्षित सुत्केरीका लागि एसियामा नै पहिलो भएको थियो,’ गुप्ता भन्छन्, ‘त्यो अवस्थालाई कायमै राखी नागरिकलाई सहज सेवाको प्रत्याभुति गराउनु पनि हाम्रो कर्तब्य बन्छ ।’

कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ र २ ‘पुर्ण रुपमा स्वास्थ्य संस्थामा प्रसुती गराउने वडा’ घोषणा भईसकेको र एक महिना भित्र वडा नम्बर ११ लाई पनि घोषणा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

विरामी दोब्वर 
यसका अतिरिक्त कन्चनरुप नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा सेवा लिने विरामीको संख्या समेत वृद्धि भएको गुप्ता वताउँछन् ।

‘२्४ वर्षअघिसम्म साह्रै विरामी नपरेसम्म स्वास्थ्य संस्थामा नजाने र जानै परे ठुला अस्पताल खोज्ने चलन थियो,’ उनी भन्छन्, ‘अहिले अवस्था फेरीएको छ, अव नियमित स्वास्थ्य संस्थामा जाने र उपचारका साथै स्वास्थ्य सम्वन्धि जानकारी लिने प्रचलन पनि वढ्दै गएको छ ।’

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३र०७४ मा जम्मा ४ हजार ८ सय ५० जनाले स्वास्थ्य सेवा लिएकोका थिए । तर, आव २०७४/०७५ मा त्यो संख्या दोब्वर वृद्धि भई ९ हजार ८ सय ३० पुगेको गुप्ताले जानकारी दिए ।

केन्द्रका प्रमुख डाक्टर संजीव झासहित सिंगो टिमको अथक प्रयास र मेहनतका कारण सरकारी स्वास्थ्य संस्थामा पनि स्तरीय उपचार हुन सक्छ भन्ने विश्वास दिलाउन सफल भएको उनको भनाई छ । केन्द्रमा हाल २ डाक्टर, १ स्टाफ नर्स, ३ अनमी, १ सिनियर अहेब र २ अहेब कार्यरत छन् ।

प्रतिकृया दिनुहोस