एक वर्षमै भारतबाट १८ अर्ब बढीको विद्युत आयात

Bidhuta ayat

काठमाडौं । नेपालमा हिउदमा बिद्युत उत्पादन कम हुने र बढी खपत हुने भएकाले लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट विद्युत आयात गर्दे आएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले भारतबाट १८ अर्ब ३७ करोड रुपैयाँको विद्युत आयात गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलब ७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष २०७३/७४ मा १६ अर्ब रुपैयाँ बराबरको विद्युत आयत गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार प्राधिकरणले गत वर्ष भारतबाट प्रति युनिट ७ रुपैया ४७ पैसाको दरमा २ अर्ब ५८ करोड युनिट बिजुली आयात गरेको छ । अघिल्लो वर्ष प्राधिकरणले २ अर्ब १७ करोड युनिट विद्युत आयात गरेको थियो ।

कुलेखानी र त्रिशुली थ्रीएले उत्पादन सुरु गरे पछि भारतबाट विद्युत आयातमा कमी आउने प्राधिकरणले अपेक्षा गरेको छ । प्रवक्ता अधिकारीले विद्युत आयात घटाउन कुलेखानी तेश्रो अगष्ट महिनामा संचालनमा आउने र त्रिशुली थ्रीए यसै वर्ष संचालनमा आएपछि विद्युत आयत घट्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस