चुराको व्यापार : नेपालमा भारतदेखि अमेरिकासम्मका चुरा !

Asan potey 1

काठमाडौं । नेपाली महिलाहरुले एक  वर्षमा ३५ करोड ९७ लाख १७ हजार रुपैयाँको विदेशी चुरापोते र टीका लगाएका छन् ।

आर्थिक वर्ष २०७४ र ०७५ मा ३१ लाख ३७ हजार ३ सय ५३ किलोग्राम चुरापोते तथा टीका भित्रिएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । चुरापोते जस्ता श्रृङ्गारका सामान विशेषगरी चाडबाडमा बढी प्रयोग हुने गरेको छ । नजिकिदै गरेको तीजमा पनि चुरा आयात बढी हुने देखिएको छ । यो वर्ष ११ वटा मुलुकबाट चुरापोते आयात भएको छ ।

नेपालीको परनिर्भरता गुन्द्रकदेखि लसुन र धनिया लगायत हरेक वस्तुमा छ । देश अहिले झण्डै एक बर्षको बजेट बराबरको व्यापार घाटामा छ । २०७४/०७५ सम्म आइपुग्दा ११ खर्ब ६४ अर्ब भन्दा बढी रुपैयाँ कहाली लाग्दो व्यापार घाटाको तथ्यांक भन्सार विभागसँग छ । 

१२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ८१ अर्ब १९ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको नेपालको चुनौती व्यापार घाटा कम गर्नु रहेको छ ।

अहिले देशको सम्पूर्ण व्यापार घाटामा ६५.२ प्रतिशत ब्यापार घाटा भारतसँग छ भने  चीन सँग १२.९ प्रतिशत व्यापार घाटा छ । फ्रान्स, जर्मनी, भियतनाम, टर्की युयसए लगायत मुख्य देशहरुसँग नेपालको व्यापार घाटा छ ।  

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...