नेपाली मूर्तिकारको कला जापानमा, जहाँ विश्वकै अग्लो बुद्धको मूर्ति बन्दैछ

Japanma buddhako murti 4

काठमाडौं । जापानको एक विशाल पहरामा भगवान् गौतम बुद्धको विशाल मूर्ति कुँदिरहेका छन् ।

विगत २ वर्षयता पूर्वी नेपालका ३ जनासहित जम्मा ४ जना मूर्तिकार यो मूर्तिलाई ढुंगामा कुँदिएको संसारकै सबैभन्दा अग्लो बुद्धको मूर्ति भनिएको छ ।

/uploads/Vadau/Japanma-Buddhako-Murti-3.jpegनिकै ठूलो महत्त्वकांक्षासहित निर्माण थालिएको मूर्ति निर्माण सुरु भएदेखि ५ वर्षसम्मा निर्माण पूरा गर्ने योजना छ ।

मूर्ति निर्माण कार्यमा मिक्लाजुङ गाउँपालिका–४, मोरङका मन्जुल मितेरी (बराइली), मिक्लाजुङ–४, मोरङकै गणेशकुमार राई, त्रियुगा नगरपालिका–४, उदयपुरका रामचन्द्र पण्डित र धुलिखेल नगरपालिका–४, काभ्रेका सानुभाइ विश्वकर्मा रहेका छन् । यिनै ४ जना मूर्तिकारले २ वर्षयता पहाडमा बुद्धको मूर्ति कुँदिरहेछन् ।

/uploads/Vadau/Japanma-Buddhako-Murti-2.jpgमूर्ति जापानको सेकिबुची यामा नामक एक सामाजिक प्रतिष्ठानले निर्माण गरेको हो । जापानको टोकियो सहरभन्दा करिब ६ सय किलोमिटर टाढा कुमामोतोको खामी आमा कुशा भन्ने ठाउँको विशाल पहरामा मूर्ति बन्दैछ ।

संसारमा शान्तिको सन्देश छर्न साथै पर्यटकीय दृष्टिकोणले बनाउन लागिएको यो मूर्ति २० र २१औं शताब्दीमा संसारमा बनेका ढुंगेमूर्तिमध्ये सबैभन्दा ठूलो हुने दाबी प्रतिष्ठानको छ ।

/uploads/Vadau/Japanma-Buddhako-Murti-1.jpeg५ वर्षभित्र बनाइसक्ने मूल मूर्ति ६० फिट उचाइ तथा २ सय फिट चौडाइको हुनेछ । विशाल पहरामा निर्माणाधीन मूर्तिसँगै ३५ फिटका अन्य दुई र ३० फिट उचाइका ४ वटा सहायक मूर्ति बन्नेछन् । हाल मूर्ति निर्माण कार्य करिब ४० प्रतिशत सकिएको छ ।

प्रतिकृया दिनुहोस