पेट्रोलको खरिद मूल्य ६२, बिक्रि मूल्य ११०ः तर निगम कसरी घाटामा ?

Petrol

काठमाडौ‌ । नेपाल आयल निगमले रक्सौल नाकाबाट पेट्रोल प्रति लिटर ६२ रुपैया ७० पैसामा खरिद गर्छ । त्यही पेट्रोल उपभोक्तालाई प्रतिलिटर एक सय १० रुपैयामा बेच्छ । खरिद गरेको झण्डै दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ विक्रि गर्दा पनि निगम भने घाटामै हुन्छ ।

स्थानीय तहले जनतासँग चर्को कर उठाएकोमा विरोध भइरहेको छ, तर केन्द्रीय सरकारले पनि पेट्रोलियम पदार्थमा जनताको ढाडै सेक्नेगरी कर उठाइरहेको छ ।

गत आर्थिक वर्ष ०७४–७५ मा भारतीय आयल कर्पोरेसनसँग नेपाल आयल निगमले १ खर्ब ५२ अर्बको तेल खरिद गरेकोमा जनतासँग त्यसमा थप ५५ अर्ब कर उठायो ।

नेपाल आयल निगमका अनुसार नेपालमा बर्सेनि २० प्रतिशतका दरले पेट्रोलियमको खपत बढ्दै गएको छ । निगमले गत आर्थिक वर्ष ०७३–७४ मा २ खर्बभन्दा बढीको इन्धन कारोबार गरेको निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

‘त्यसमध्ये इन्धन बिक्रीकर्ता भारतीय आयल कर्पोरेसन ९आइओसी० लाई मात्र करिब १ खर्ब ५२ अर्ब रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने, ‘राज्यलाई विभिन्न शीर्षकमा करबापत थप ५५ अर्ब दिएका छौँ ।’ आयात परिमाण बढेकै कारण इन्धनमा नेपालीले गर्ने खर्च पनि बढ्दै गएको हो ।

सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ ।

३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ ।

रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ । त्यस्तै, हवाई इन्धनमा भने २२ करोड ६७ लाख नाफा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...