रेमिटेन्सको भर, एकै वर्ष भित्रियो सात अर्ब रुपैयाँ

Remitence 1

काठमाडौं । सरकारले जतिसुकै ठूला कुरा गरे पनि नेपालबाट दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गइरहेका छन् । र, तिनै युवाले विदेशमा बगाएको पसिनाले देश धानिरहेको छ ।

विशेषगरी नेपालबाट मेलेसिया, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुबेत, दक्षिण कोरिया, बहराइन, ओमानलगायत मुलकमा कामदार जाने गरेका छन् । मेलेसिया, कतार, संयुक्त अरब इमिरेट्स नेपालीका प्रमुख गन्तव्य हुन् ।

गत आवमा सबैभन्दा धेरै कामदार मलेसिया गएका छन् । राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार गत आवमा मेलेसियामा एक लाख चार हजारभन्दा बढी कामदार गएका छन् । संयुक्त अरब इमिरेट्समा ५५ हजार ६ सय र कतारमा ९७ हजार पाँच सयभन्दा बढी कामदार गएका छन् ।

तिनै युवाले वार्षिक सात खर्बभन्दा बढी रेमिटेन्स भित्र्याएका छन् । त्यही रेमिटेन्सले मुलुकको आर्थिक भारलाई टेको लगाइरहेको छ । तथापि सरकारले अझैं पनि वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सकेको छैन ।

पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर घट्दै गए पनि आव २०७४/०७५ मा अघिल्लो आवको तुलनामा केही सुधार आएको छ । नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो ।

देशमा लामो समयपछि स्थायी सरकार बनेको छ । देशभित्रै रोजगारीका अवसरहरू खोजिदै पनि छन् । यसले पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटाएको छ । तर, अहिलेसम्मको अवस्थालाई हेर्दा नेपालका आधाभन्दा बढी घरधुरीको प्रमुख आय स्रोत रेमिटेन्स हो । रेमिटेन्सले नेपालीको जीवनस्तरमा सुधार आउनुका साथै गरिबी न्यूनीकरणमा टेवा पुगेकोे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...