सामसुङ ग्यालेक्सी नोट ९ नेपाल, मूल्य एक लाख माथि पर्ने

Capture 63

काठमाडौं । नेपालमा सामसुङ ग्यालेक्सी नोट ९भित्रने भएको छ ।
अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आगमन गराउने तयारी भैरहेको नेपालको लागि सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ ।

ग्यालेक्सी विशेषतः मिडनाइट ब्ल्याक, ओसल व्लु र मेटालिक कपर रङहरुमा नेपालमा उपलब्ध हुनेछ । नेपालको बजार मुल्य १ लाख रुपैंया नाघ्ने अनुमान गरिएको छ ।
सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ ।

नेपालमा प्रि बुक गर्नेलाई कम्पनीले ‘अफर’ को समेत व्यवस्था गरेको छ । प्रि बुकिङ गर्नेलाई एचडीएमआई एडप्टर, छालाको कभर, २४ सामसुङ कर्भ मोनिटर प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनमा ४००० एमएएच व्याट्री रहेको छ । लामो समय काम गर्न सक्ने कम्पनीले जनाएको छ ।सामसुङ स्मार्ट फोनमा प्रयोग भएको अहिलेसम्मको सबैभन्दा पावरफुल ब्याट्री भएको कम्पनीले दाबी गरेको छ ।

व्याट्री अहिलेसम्मकै नयाँ रहेको र यसमा नयाँ एस पेन कनेक्टीभिटी रहेको छ जुन प्रविधी स्मार्टफोनमा पहिलो पटक प्रयोग भएको हो ।यसमा उत्कृष्ट क्यामराको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

ठूलो एज टु एड डिस्प्ले सो स्मार्टफोनमा रहेको छ । ६.४ इन्चको सूपर एमालेड इन्फिनिटी डिस्प्लेले मल्टी मिडियाको अनुभव दिलाउँछ ।
त्यस्तै, यसमा स्टेरिओ स्पीकर समेत रहेको छ । उक्त प्रविधिले डल्वी एटमस अडियोको अनुभव दिन्छ ।

वास्तविक स्वरको अनुभव गराउने कम्पनीले बताएको छ ।यो फोनले पिसीको जस्तै अनुभव दिलाउँछ जसमा सामसुङ डेक्स रहेको हुन्छ । यसलाई प्रयोगकर्ताले आफ्नो प्रस्तुति, फोटो सम्पादन र आफूलाई मन लागेको कुनै पनि शो हेर्न सक्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...