संहिता लागू भएकै दिन दीर्घायु हस्पिटलमा बिरामीको मृत्यु, आफन्त उत्रिए नाराबाजीमा

Dirghayu hospital

काठमाडौं । आजदेखि लागु भएको मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए ५ वर्षसम्म कैद र लापरबाहीले मृत्यु भए ३ वर्ष कैदको व्यवस्था गरेको छ ।

तर, संहिता लागू भएकै दिन उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चाबहिल मित्रपार्कस्थित दीर्घायु अस्पताल तनावग्रस्त भएको छ । बिरामीका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै प्रदशन गरेका छन् ।

चागुनारायण नगरपालिका ७ बासबारीकी सम्झना काफ्ले पाँच दिनअघि सामान्य बान्ता हुने र वाकवाकी लाग्ने समस्याका कारण काठमाडौंको दीर्घायु गुरु हस्पिटलमा चेकजाँच गर्न आएकी थिइन् । तर, उनको उपचारका क्रममा शुक्रबार विहान ११ बजे मृत्यु भएपछि विरामकिा आफन्तले प्रदर्शन गरेका छन् ।

३५ वर्षीया काफ्लेको बिहीबारदेखि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको थियो । निमोनिया र जण्डिस भएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् । तर, बिरामीका आफन्तले बिहीबारदेखि अस्पतालले बिरामीसँग भेट्न नदिएको र एक्कासी मृत्यु भएको सुनाएको आरोप लगाएका छन् ।

उनलाई डा. गोपाल रमणले उपचार गरेका थिए । काफ्लेको मृत्यु भएपछि अस्पतालमा भेला भएका आफन्तले नारावाजी गरेका छन् । आफन्तले असपतालमा नारावाजी गरेपछि अस्पतालमा बाक्लो सुरक्षाकर्मी परिचालित भएका छन् ।

काफ्लेको मृत्युबारे अहिलेसम्म अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । आफन्तहरुले डा. रमणलाई पटक पटक फोन गर्दा कहिले ४ बजे, कहिले ६ बजे, कहिले ७ बजे त कहिले ८ बजेसम्म आउने जानकारी आफन्तहरुलाई दिएको बताइएको छ । डा. रमण अस्पतालमा आउनुपर्ने भन्दै आफनतले अलिे पनि नारावाजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस