एप्रोन सरकारलाई बुझाउने घोषणा गरेको चिकित्सक संघ हट्यो पछि

Medicle council

काठमाडौं । भदौं १ गतेदेखि विरामी नजाच्ने घोषणा गरेका चिकित्सकहरु एकाएक पछि हटेका छन् ।

उनीहरुले सरकारले ल्याएको नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सक संघले भदौ १ गतेदेखि गर्ने कुनै पनि विरामी नजाची आन्दोलन गर्ने घोषणा गरका थिए । तर, संघले १५ दिनका लागि आन्दोलनका सबै कार्यक्रम स्थगत गरेको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ बाट लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्ने आश्वासन पाएकाले आन्दोलन स्थगित गरिएको बताए । उनले सोही अनुसार १५ दिनका लागि सबै आन्दोलन स्थगित गरेको पनि बताए ।

संघले विहीबार पत्रकार सम्मेलन गरी ऐन नेपालका चिकित्सक र स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै संशोधन हुनुपर्ने बताएको छ ।

चिकित्सकहरुले यसअघि सोमबार पत्रकार सम्मेलन गरेर देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने घोषणा गरेका थिए । अध्यक्ष श्रेष्ठले भदौ १ देखि कार्यान्वयनमा आउने मुलुकी अपराधसंहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए ५ वर्षसम्म कैद र लापरबाहीले मृत्यु भए ३ वर्ष कैदको व्यवस्था संशोधन गर्ने आश्वासन प्रमले दिएको बताए ।

प्रतिकृया दिनुहोस