जिल्ला अस्पताल गुल्मीमा चन्दा उठाएर बचाए चार वर्षीय बालकको ज्यान

Balak 1 3nw92y0oy6

रुपन्देही । जिल्ला अस्पताल गुल्मीका डाक्टर र स्वास्थ्यकर्मीहरुले चन्दा उठाएर एक वालकको ज्यान बचाएको छ ।

गुल्मीका इश्मा गाउँपालिका वडा नं ३ घर भएका भक्तबहादुर कुमालका ४ वर्षीय छोरा घरको माथिल्लो तलाबाट खसेर अगनमा पकाई राखेको दालमा डुबेका थिए जसले बच्चाको धेरै ठाउँमा पोलियो ।

उनीसँग उपचार गर्ने पैसा नहुदाँ छिमेकीसँग हारगुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल तम्घास आएपछि स्वास्थ्यकर्मीहरुलाई बच्चा बचाइदिन आग्रह गरे ।

अस्पतालको इमर्जेन्सीमा बच्चालाई राखेपछि त्यो जिल्ला अस्पताल गुल्मीमा आइसियु नभएकाले जटिल अवस्था ल्याइएका बालकलाई उपचार सम्भव नदेखेपछि पाल्पा मिसन अस्पतालमा रिफर गरे ।

चिकित्सकले रिफर गरेपनि बच्चालाई पाल्पा ल्याउउने कुनै उपाय थिएन भक्तबहादुरसँग । अस्पतालमा उनले भने, ‘हामीसँग बाटोखर्च छैन ।’ त्यसमाथि बच्चाका बुवाआमा दुवै अपांग थिए ।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई धर्मसंबट र्पयो । जिल्ला अस्पताल तम्घासका सूचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीले भने, ‘बच्चालाई जसरी पनि अस्पतालमै उपचार गर्नुपर्छ भनेर आइसियु कक्षको विकल्प यहि अस्पतालमा रहेको एक कोठा खोज्यौं ।’

बालकको पछाडी पट्टिको शरिर जलेको थियो । बालकलाई आइसियु कक्षको सट्टा एउटा कोठामा ‘सेकेन्ड डिग्री वन’मा त्यस्तै २० दिनसम्म राखेर उपचार गरियो ।

केही औषधी त अस्पतालमै निःशुल्क उपलब्ध थियो भने केहि औषधी बाहिरबाट किन्नुपर्ने भए । पछि डाक्टर सुवोध ज्ञवालीको नेतृत्वमास्टाफहरुले दुई–दुई सयका दरले चन्दा उठाए । बालकको उपचारका साथै आमाबुवा दुवलाई खाना समेत अस्पतालले खुवाउँदै आएको छ ।

अहिले बालक खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् । तर, अझै बीस दिन भन्दा बढी अस्पतालमा राख्नुपर्ने देखिएको छ । ‘हामी उनलाई थप चन्दा उठाएर भए पनि पूर्ण निको पारेर पठाउने छौं,’ डाक्टर रायमाझीले भने, ‘उनलाई पनि हामी स्टाफहरुले नै चन्दा उठाएर उपचार गरेका छौँ ।’

अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीका कारण आफ्नो छोराको ज्यान जोगिएको बन्दै ती बालककी आमा राधिका भावु भइन् । उनले भनिन्, ‘श्रीमान् कान सुन्दैनन् । मेरो राम्रोसँग वोलीे फुट्दैन । घरमा खानेकुरा छैन ।’

प्रतिकृया दिनुहोस