एसियाली महादेशको ओलम्पिक ‘एसियाड’ भदौ २ देखि, नेपालबाट दुई सय ८५ जना सहभागी हुने

Asiyan khela

काठमाडौं । एसियाली खेलकुद(एसियाड) मा सहभागी हुन नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी दुई सय ८५ जनाले सहभागिता जनाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषदले बुधबार पत्रकार सम्मेलन गरी एसियाडका लागि नेपालले गरिरहेको तयारी र सहभागिताबारे जानकारी दिएको हो।

एसियाली महादेशको ओलम्पिकको रुपमा लिइने एसियाडमा नेपालको तर्फबाट विभिन्न २९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका राखेपले जनाएको छ। नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ । यी खेल मध्ये लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाम्बिङ र स्केटबोर्ड पालेम्वाङमा हुनेछ भने बाँकी जकार्तामा हुनेछ।

एसियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेल मध्ये १९ खेललाई बैदेशिक प्रशिक्षणमा पठाइएको पनि राखेपले जानकारी दिएको छ। तयारी लामो र राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास लिएको सदस्य सचिव केशवकुमार विष्टले बताए।

१८ औं संस्करण एसियाडमा सहभागिता जनाउन खेलाडी तथा प्रशिक्षक आफ्नो खेल तालिका अनुसार इन्डोनेसिया प्रस्थान गर्नेछन्। एसियाडको तयारी र सहभागिताका लागि ७ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। जसमध्ये सरकारले ५ करोड उपलब्ध गराएको छ।
दुई संस्करण बाहेक सबै एसियाडमा सहभागिता जनाएको नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ।

नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोश्रो संस्करण र १९६२ मा इन्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन। नेपालले हालसम्म तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ। १९८६ को सिओल एसियाड नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो।

यही भदौ २ गतेदखि १७ गतेसम्म १८ औं संस्करणको एसियाड इन्डोनेसियाको राजधानी जकार्ता र पालेम्वाङ सहरमा हुँदैछ। जहाँ एसियाका नेपालसहित ४५ देशको सहभागिता हुँदैछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...