सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउनुहोस्, सरकार सहयोग गर्न तयार छ : सञ्चार मन्त्री

Gokul baskota

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढाउने सरकारले लक्ष्य लिएकाले त्यसमा सक्रियतापूर्वक साथ दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले निजी क्षेत्रको सहकार्यमा सूचना प्रविधिको विकास गर्न सरकारले चाहेको पनि स्पष्ट पारे । अहिले पनि ६९ वटा गाउँपालिका टेलिफोन नभएको अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन पनि सबैसँग सहकार्य गरेर अघि बढने योजना सरकारको रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले सूचना प्रविधिको क्षेत्रको विकासमा सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरिन् । उनले आर्थिक समृद्धिका लागि सूचना प्रविधि महत्वपूर्ण अंग भएकाले त्यसको विकासको गतिलाई तीव्रता दिन ढिलाई गर्न नहुनेमा पनि जोड दिइन् ।

प्रतिकृया दिनुहोस