जीन पीडित छोरालाई बचाउन आमाले गरिन् अपिल

Bishesh belbase help

प्युठान । भनिन्छ गरिवलाई सबै कुराको अभाव हुन्छ । रोगले पनि सताउँछ । त्यस्तै भएको छ अर्घाखाँची भूमिकास्थान–१ घर भएकी बिमला बेलबासेलाई ।

उनका श्रीमान खिमप्रसाद मिर्गौलाले पीडित थिए । ५ वर्ष सम्म डाईलासिस गरेपछि उनको मिर्गाैला प्रत्यारोपण गरिएको छ । अहिले उनकै छोरा विषेश जिन रोगले ग्रसित छन् । यस्तो अवस्था आउँदा उनी निक्कै समस्यामा परेकी छन् । श्रीमानको उपचार गर्दा गर्दै सबै सम्पत्ति गुमाएकी बिमलालाई अनौठो रोगबाट ग्रसित छोराको उपचार गराउने अर्काे समस्या थपिएको छ ।

६ वर्षीय छोरा विषेशको अनुहारमा सुरुमा कालो कोठी जस्तै फोका देखिएको थियो । पछि बढ्दै गएर पूरै अनुहार नै छोपेको छ । ४ वर्षको उमेरमा काठमाडौंमा उपचार गराउँदा जीनको समस्या भएको पत्ता लागेको थियो ।

चिकित्सकहरुका अनुसार यो रोगको उपचार नेपालमा सम्भव छैन । छोराको नेपालमा उपचार सम्भव नभएपछि उनका आफन्तहरु विषेशलाई बचाउँ अभियानमा जुटेका छन् ।

भारतको अस्पतालमा उपचार गर्दा कम्तिमा ६०/६५ लाख भारतीय रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएपछि बिमलाको होस हवास् नै उडेको छ । भारतको एपोली अस्पतालमा उपचार हुने भए पनि खर्च जोहो गर्न नसकिने भएपछि पीडित परिवारलाई गहिरो चिन्ता थपिएको छ ।

‘श्रीमानको उपचार गर्दा सम्पति सकियो, अब छोरालाई कसरी बचाउँ ? बिमलाले भनिन्, ‘मेरो एक्लै सन्तान यहि हो र बुढेशकालको सहारा पनि । सानै उमेरमा ठूलै रोगले समात्यो ।’ उनले नेपालमा नभए पनि भारतमा उपचार सम्भव हुने बताएकाले सबैसँग सहयोगको याचना पनि गरिन् ।

विशेषलाई बचाउन आफन्तहरुले अभियान पनि चलाएका छन् । छोराको जीवन बचाउन अपिल गर्दै कृषि विकास बैंकमा विशेष बेल्बासेको नाममा रहेको ०२१२१०१२३४०२९०११ नम्बरको खातासमेत खोलिएको छ । खाडीमा रहेका पीडित बिशेषका मामा विजय भुसालले विशेष बचाउँ अभियानलाई सहयोग गर्न अनुरोध गरे ।

प्रतिकृया दिनुहोस