कुकुर देखि डर लाग्छ ? कुकुरले झम्टियो भने यी उपायहरु अपनाउनुहोस् !

Dog aakraman

काठमाडौं । यो समस्या सामान्यतय हरेक मानिसलाई पर्ने गर्छ । हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल राख्दा पनि कोही बेला अन्य जनावरले आक्रमण गरि विभिन्न संक्रमण निम्त्याउनुको साथै घाइते अवस्थामा समेत पुर्याउन सक्छन् ।

प्राय ( हामीहरुलाई घर बाहिर निस्किदा कुकुरले टोक्ने डर बढी हुने गर्छ । आज हामी तपाईहरुलाई यसरी दैनिकै जसो कुकुरबाट हुनसक्ने हमलाबाट बच्ने उपाएहरुको बारेमा बताउन जाँदै छौँ ।

यदि तपाईलाई घरबाहिर निस्केको बेलामा कुकुरले हमला गर्न खोज्दा त्यसलाई सजाय दिनु बिल्कुलै गलत हुनसक्छ । अब हामी तपाईहरुलाई केही यस्ता नियमहरु बताउने छौँ जुन तपाईलाई कुकुरले हमला गर्न खोजेको समयमा जरुरत पर्नेछ ।

१. यदि तपाईलाई कुकुरले हमला गर्ने स्थिति आयो भने तपाई आफ्नो कदम रोकेर एकै स्थानमा रोकिनुहोस् । यसरी हमला गर्न खोज्दा तपाई भाग्ने कोशिस गर्नुभएमा तपाई डराएको महशुस गरि यसले तपाईलाई आक्रमण गर्ने बढी सम्भावना हुन्छ ।
२.यदि कुनै कुकुर तपाईमाथि चढेर हमला गर्न खोज्दा तपाई भाग्ने कोशिस गर्नुभयो भने यसले झन् उग्र रुप लिन्छ र तपाईलाई पहिले भन्दा दुई गुना बढी हमला गर्ने प्रयास गर्छ ।

३.जब कुकुरले तपाईलाई आक्रमण गर्ने प्रयास गर्छ त्यसबेला उसको ध्यान अन्तै जाने गरि होस् उडाउने खालको गतिविधि प्रस्तुत गर्नुहोस् । यसो गर्दा तपाईलाई केहीबेला उसको हमलाबाट बच्न समय मिल्नेछ । तर यो काम गर्दा तपाईले पूर्ण साबधानीका साथ गर्न आवश्यक हुन्छ ।

४.कुकुरले आक्रमण गर्न खोजेको बेलामा तपाई चिच्याउने कराउने गर्नुभयो भने यो सबैभन्दा गल्ति हुनेछ । यसरी ठूलो स्वरमा चिच्याउदा उसलाई तपाई डराएको महशुस भई अल्मबल बढ्ने र थप आक्रमण गर्न सक्ने सम्भावना हुन्छ ।

५.यदि तपाईलाई कुनै कुकुरले पछ्याएको महशुस भएको खण्डमा आक्रमण गर्नु अगाबै टाढा भाग्नु सबैभन्दा उत्तम हुनेछ ।

प्रतिकृया दिनुहोस