कोरियन भाषा परीक्षा पास गरेको स्वास्थ्य परीक्षण यी अस्पतालमा हुनेछ

Korea parixan

काठमाडौं । सन् २०१८ को रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उतीर्ण गरी उत्पादनमूलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षणकालागि मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा व्यवस्था मिलाइएको भाषा परीक्षा निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा ७ हजार ९९६ जना उतीर्ण भएका थिए ।

प्रतिकृया दिनुहोस