पूर्व राष्ट्रपति यादव उपचारका लागि अमेरिकाको सट्टा भारत

Dr. ram baran yadavp

काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादव शल्यक्रियापछिको नियमित परीक्षणका लागि अमेरिकाको सट्टा भारत जाने भएका छन् ।

दुई वर्षअघि डा यादवको प्रोस्टेट क्यान्सर तथा ग्यास्ट्रिक एस्ट्रोफी सम्बन्धी समस्या भएपछि अमेरिकास्थित अस्पतालमा रेडिकल प्रोस्टेट रोबोटिक सर्जरी भएको थियो ।

नियमित सर्जरीपछिको फलोअपका लागि अमेरिकाको हेनरी फोर्ड अस्पतालले भारतको चण्डीगढमा रहेको पेगिमर अस्पतालमा गराउन सक्ने बताएपछि डा यादव बिहिबार भारत जान लागेका हुन् ।

पूर्व यादवको स्वकीय सचिवालयले विज्ञप्ति जारी गरी डा यादव बिहिबार बिहान ९ः५० बजेको काठमाडौं–दिल्लीदेखि चण्डीगढसम्मको हवाइ यात्रामा जाने बताएको छ ।

प्रतिकृया दिनुहोस