हिमालय बैंकमा फ्रान्सेली नागरिकको अवैध खाता !

Himalayan bank 22

काठमाडौं । हिमालय बैंक केही समययता विवादमा तानिँदै आएको छ । त्यसमा पनि विदेशी नागरिकको अवैध सम्पत्ति बैंकमा जम्मा गरेको विषयलाई लिएर फेरि विवादमा तानिएको छ ।

हिमालय बैंकमा एकजना फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ ।

एन्टोनीको हिमालयन बैंकमा मुद्धति खातामा जम्मा भएको रकम शंकास्पद देखिएको सूचना दिँदै विभागले उनको यात्रमा रोक लगाउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो ।

ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको थियो ।

हिमालयन बैंंकको खातामा उनको कति रकम छ भन्ने नखुलाए पनि बैंकमा राखेको रकमको उनले भन्सार कार्यालयबाट डिक्लियरेसन नगराएको स्रोतले बताएको छ ।

अध्यागमन विभागले गत बुधबार एन्टोनीलाई पक्राउ गरी हिरासतमा राखेको छ । एन्टोनीले उक्त रकम किन नेपाल भित्राए भन्ने केही खुलेको छैन । पटकपटक नेपाल आउँदा रकम ल्याएर उनले जम्मा गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

एन्टोनीले १७ डी १४२५१५ नम्बरको फ्रान्सेली राहदानीमा १२ भन्दा बढी पटक नेपाल ओहोरदोहोर गरेको देखिन्छ । उनी लामो समयदेखि किन नेपालमा बस्दै आएका थिए भन्ने खुलेको छैन । उनले आफूलाई मन पर्ने मुलुक भएकोले नेपालमा बस्दै आएको बताउने गरेका छन् ।

पर्यटक भीसामा रहेका व्यक्तिले बैंकमा ठूलो परिणामको रकम जम्मा गर्नु शंकास्पद देखिएको छ । सन् १९१४ देखि उनी निरन्तर रुपमा नेपाल आउजाउ गर्थे । पर्यटक भीसामा नेपाल बसेका उनको भीसा सकिएपछि नियमित गर्न अध्यागमन विभाग पुगेका बेला कर्मचारीले सम्पत्ति शुद्धीकरण विभाग जान सुझाव दिएका थिए । तर उनी सुझाव विपरित फ्रान्स जान लाग्दा विमानस्थलबाट पक्राउ परेका हुन् ।

प्रारम्भिक बयानमा उनले आफू रसुवाको स्याफ्रुबेसीमा सामाजिक सेवाको काम गर्दै आएको बताएका छन् । पैसा कुन शीर्षकमा कहाँ खर्च गर्न ल्याएका हुन् भन्ने विषयमा केही खुलेको छैन । उनी पर्यटक भीसामा नेपाल बस्दै आएका थिए ।

अध्यामगनले सम्पत्ति शुद्धीकरण विभागलाई एन्टोनीको पर्यटक भीसा समेत सकिन लागेको जानकारी गराएको छ । अध्यागमन विभागले पछिल्लो समयमा नेपालमा बसेका विदेशीको क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ । अध्यागमन विभागले नेपालमा बसेका विदेशीका क्रियाकलापमाथि सुष्म ढंगले अनुसन्धान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...