डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल तोडफोड

Aspatal tyodfod

रुकुम । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आइतबार रुकुमको चौरजहारी अस्पतालमा तोडफोड भएको छ ।

भेरी नगरपालिका, १३ कुदु जाजरकोटकी २९ वर्षीया यशोधा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । तोडफोडले ठुलो रुप लिएसँगै भिड नियन्त्रण गर्न तीन राउण्ड हवाई फायर गर्नु परेको प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

पत्थरी र मृगौलाको समस्याबाट पीडित यशोधाको डाक्टरको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप छ । तोडफोडबाट अस्पतालमा सिसा फुटेका छन्, भने अन्य संरचनामा पनि क्षति पुगेको छ ।

बिरामीलाई थप उपचारका लागि काठमाडौं लैजान आफन्तले झिकाएको हेलिकोप्टर चौरजहारीमा पुगेपछि अस्पतालले यशोधालाई मृत घोषणा गरेको आफन्तले जनाएको छ । अस्पतालमा अढाई घण्टासम्म तनाव ग्रस्त बनेको थियो । बेलुकी साढे ८ बजेमात्र स्थिति नियन्त्रणमा आएको हो । अवस्था तनावपूर्ण बनेपछि अस्पतालमा उपचार सेवा पूर्ण ठप्प भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...