नेपाल–भारतबीचको व्यापार समस्या छिट्टै समाधानः प्रम ओली

Kpoli pm 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा रहेका समस्यालाई तत्काल समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको जानकारी पनि दिए ।

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीले बताए ।

‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं’ उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको पनि बताए ।

उनले उपभोक्तावादी चिन्तनले देशको व्यापार घाटा बढाउँदै लैजाने भन्दै चिन्ता पनि व्यक्त गरे । ‘विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन्। अत्याधुनिक खाना पनि खाएकै छन्।’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन।

व्यापार घाटा बढ्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो।’ प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नु पर्ने पनि बताए। ‘नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरिब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवशायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ।

’ अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। अहिलेको सरकार स्थिर भन्नाले गतिहिन नभएको प्रधानमन्त्रीले दाबी गरे।

जनताले स्थिरताका लागि पनि गतिशिल सरकारको अपेक्षा गरेका भन्दै उनले अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्ने बताए। उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस