वेस्टर्न डेभलपमेन्ट बैंकको नाफा ३२ प्रतिशत

Western logo

काठमाडौं । वेस्टर्न डेभलपमेन्ट बैंकको नाफा ३२.७१ प्रतिशतले बढेको छ ।

बैंकले गत वर्ष २ करोड २८ लाख ७७ हजार रुपैयाँ नाफा बढाएर ९ करोड २७ लाख ९५ हजार रुपैयाँ पुराएको छ ।

५० करोड ४० लाख चुक्तापुँजी रहेको वेस्टर्नको जगेडा कोषमा ५ करोड १७ लाख रुपैयाँ छ । यसले गत आवसम्ममा ३ अर्ब १९ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसको खराब कर्जा अनुपात ०.८४ प्रतिशत छ । यसको सीडी रेसियो ६९.२५ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी १८.४१ रुपैयाँ रहेको यो विकास बैंकको प्रति शेयर नेटवर्ग ११०.२६ रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस