भारतबाट औषधि ल्याउन पाउनुपर्ने भन्दै आयुर्वेद व्यवसायीहरु आन्दोलित

Aurbeda medicinejpg

काठमाडौं । भारतबाट आयूर्वेद औषधि आयात गर्न रोक लगाउने व्यवस्थासहितको कार्यविधि औषधि व्यवस्था विभागले तय गरेपछि आयुर्वेद व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले विभागको निर्णयतत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।

बुधबार बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका उनीहरुले कार्यविधि तत्काल खारेज नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि विभागका पदाधिकारीहरुलाई दिएका छन्।

भारतबाट आयुर्वेद औषधि नल्याए आफूहरुको व्यवसाय चौपट्ट हुने अवस्था भएपछि सो कार्यविधि खारेज गर्न माग गर्दै आन्दोलनमा जान बाध्य हुनु परेको संघका अध्यक्ष लोकेन्द्र चापागाईँले जानकारी दिए। नेपाली बजारमा भारतीय कम्पनीबाट आयातित आयुर्वेद औषधिले ९० प्रतिशत हिस्सा ओगटेको छ।

यस्तो अवस्थामा सरकारले आफूहरुको व्यवसाय नै समाप्त हुनेगरी बनाइएको कार्यविधि तत्काल खारेज गर्न माग गरिएको पनि संघको भनाई छ। संघले आयुर्वेद व्यवसायलाई नै समाप्त पार्ने काम सरकारबाटै हुन लागेकोमा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।

संघले सरकारले कार्यविधि बनाउँदा आफूहरुलाई बेवास्ता गरेको भन्दै आक्रोश पनि व्यक्त गरेको छ। नेपालमा हाल २६ वटा आयुर्वेद औषधि कम्पनी छ। ती कम्पनीहरुले नेपालको माग धान्न सक्ने गरी औषधि उत्पादन गर्न सक्ने भएपछि मात्रै भारतीय कम्पनीका औषधि आयात गर्न रोक लगाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

आयुर्वेद व्यवसाय समाप्त पार्ने गरी बनाइएको कार्यविधि तत्काल खारेज नभए आयुर्वेद क्षेत्रमा कार्यरत चिकित्सक, व्यवसायी, बैद्य, कविराजहरु एकसाथ आन्दोलनमा आउन बाध्य हुने चेतावनी पनि दिइएको छ। संघका अध्यक्ष चापागाईँले आयुर्वेद औषधिलाई गुणस्तरीय बनाउन आफूहरु लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...