लेखा व्यवस्थापनसम्बन्धी कम्प्युटर तालिम सुरु

Sathi sahakari

धनकुटा । सहकारीको लेखा व्यवस्थापनलाई सरल र व्यवस्थित गर्न धनकुटामा पाँच दिने कम्प्युटर सिष्टमबाट लेखा व्यवस्थापनसम्बन्धी तालिम धनकुटामा सुरु भएको छ ।

साथी सहकारी वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सरु भएको सो तालिममा आगामी दिनमा सहकारीको हिसाव छिटो छरितो र विश्वसनीय तथा प्रभावकारी बनाउने उदेश्यले सो तालिमको आयोजना गरेको हो ।

सो तालिममा सहकारी संस्थाहरुका पदाधिकारीहरु, व्यवस्थापकहरु, ऋण अधिकृतहरु, संकलकहरु गरी १३ जनाले भाग लिइरहेका छन् ।

समयमानुसार सहकारीलाई पनि व्यवस्थित बनाउँदै लाने उदेश्यले कम्प्युटर सिस्टमबाट सहकारीको लेखा राख्न तालिम संचालन गरिएको साथी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जयन्द्र प्रधानले बताए ।

बिहीबारदेखि सुरु भएको सो तालिमको उद्घाटन कार्यक्रममा साथी बचत तथा ऋण सहकारी संस्थाका सचिव विजय सन्तोषी राई, जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष सावित्री श्रेष्ठ लगायतले अबको दिनमा सहकारीलाई व्यवस्थित बनाउँदै लैजान जरुरी भएको बताए ।

सो तालिमका सहभागीहरुलाई प्रशिक्षक दिवस अधिकारीले सहकारीको लेखा कम्प्युटरबाट राख्ने तरिकाबारे प्रशिक्षण दिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...