कसले राख्यो स्वीस बैंकमा अर्बाै पैसा ?

Rajendra lingden

काठमाडौं । नेपालीले स्वीस बैंकमा अर्बाै रकम जम्मा गरेको चर्चा चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले त्यसको छानविन गर्न माग गरेको छ ।

राप्रपाका सांसद राजेन्द्र प्रसाद लिंङदेनले नेपालबाट बाहिर गएको सम्पत्तिको छानविन गरि सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पञ्चायतकालमा स्वीस बैंकमा राजारानीले पैसा जम्मा गरे भन्ने हल्ला सुन्ने गरेको भन्दै विदेशका बैंकमा पैसा जम्मा गर्नेलाई नयाँ राजारानीको संज्ञा पनि दिए ।

‘केटा केटी भएको बेला गाउँतिर सुन्थ्यौं, नेपालको सारा सम्पत्ति यो देशका राजारानीले स्वीस बैंकमा लगेर राखेका छन्’ उनले भने, ‘अहिले त राजारानी पनि छैनन्, कसले राख्यो त ?’ 

‘त्यो बेला राजारानीले राखेको पैसा नेपाल ल्याएर बाढ्दा हरेक नेपालीलाई ४/४ तोला सुन पुग्छ भन्थे’ उनले भने, ‘तर नेपालमा राजतन्त्र औपचारिक रुपमा समाप्त भएपछि सन् २००८ देखि २०१७ सम्ममा झण्डै ३३ अरब भन्दा बढी नेपाली सम्पत्ति नेपालबाट स्वीस बैंकमा जम्मा भएको भनेर प्रचारमा आएको छ ।’

‘अहिले नेपालमा नयाँ राजा रानीको जन्म भएछ । ती राजारानी चिन्न पाए हुन्थ्यो’ उनले व्यांग्यात्मक शैलीमा भने, ‘यसबारेमा सरकारले छानविन गरोस् भन्ने माग गर्न चाहन्छु ।’

उनले संसदमा रहेका चार दललाई उपेक्षा गर्दै संसदीय सुनुवाई समिति गठन गरिएकोमा पनि आपत्ति जनाए । उनले दलहरुलाई निषेध गर्ने क्रियाकलाप बन्द गर्न पनि माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...