शैक्षिक बेरोजगारलाई खुसीको खबर, ५ प्रतिशत व्याजमै प्रमाणपत्र धितो राख्न पाइने

Chiranjibi nepal

काठमाडौं । के तपाई शैक्षिक वेरोजगार हुनुहुन्छ ? वा पैसा नभएर केही गर्न पाउनु भएको छैन ? उसो भए अब चिन्ता नलिनुस् । किनकी सरकारले शैक्षिक प्रमाण पत्र राखेर धितो दिने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रको धितोमा प्रदान गरिने कर्जा प्रदान गर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी आर्थिक रुपमा विपन्न, सीमान्तीकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि उपलब्ध गराइने कर्जा र दलित समुदायलाई व्यवसाय गर्न सामूहिक जमानीमा उपलब्ध गराइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

सरकारले यी क्षेत्रमा कर्जा प्रवाह गर्दा ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । महिलाहरुबाट संचालन हुने परियोजनाका लागि १५ लाखसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जासम्बन्धी कार्यविधिमा आवश्यक परिमार्जन गरिनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...