सुनचाँदी व्यवसायीप्रति नरम बन्यो मौद्रिक नीति, १ महिनासम्म पुग्ने सुन किन्न पाउने

Sun chadi

काठमाडौं । देशमा दैनिक रुपमा सुनको तस्कर भइरहेका बेला सरकारले नै सुनचाँदी व्यवसायीलाई एक महिना पुग्ने सुन किन्न पाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीले एक महिनासम्मको लागि एकमुष्ठ सुन किन्न पाउने व्यवस्था गरेको हो ।

सो मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले सुन आयात गर्दा दैनिक आयात गर्न तोकिएको सीमाभित्र रही एक महिनासम्मको आयात गर्न पाइने परिमाण व्यापारीले सो महिनाको जुनसुकै समयमा वा एकमुष्ठ आयात गरी बिक्री वितरण गर्न पाउने उल्लेख छ ।

सुनचाँदी व्यवसायीहरुले राष्ट्र बैंकबाट इजाजतपत्र लिई विदेशी, गैरआवासीय नेपाली, कुटनीतिक नियोगका पदाधिकारीहरुलाई स्वदेशमै विदेशी मुद्रामा सुनका गरगहना बिक्री गरेमा त्यसका लागि थप सुन उपलब्ध गराउने पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...