५ प्रतिशतबाट पनि घट्यो स्प्रेड दर

Chiranjibi nepal

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.५ प्रतिशतमा झारेको छ ।

अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।

वाणिज्य बैंकहरु भने यस्तो अन्तर बढाउनुपर्ने पक्षमा थिए । उनीहरुले स्प्रेडदर ६ प्रतिशत माथि पुर्याउन राष्ट्र बैंकहरुलाई दबाव दिइरहेका थिए । तर, यस्तो दरलाई क्रमशः घटाउँदै जाने नीति राष्ट्र बैंकले लिएको छ ।

०७० असोजबाट स्प्रेड दर कार्यान्वयन सुरु गरेको राष्ट्र बैंकले पाँच वर्षपछि स्प्रेडदरमा पुनरावलोकन गरेको हो । चालु आर्थिक वर्षमै स्प्रेडदर घटाउने योजना राष्ट्र बैंकको थियो । बैंकहरुको नाफा उच्च भएकाले यो दर घटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्र बैंकलाई निर्देशन दिँदै आएको छ ।

मौद्रिक नीतिले बैंकहरुलाई उनीहरुले माग गरेको आधारमा धितोपत्रको कारोबार गर्ने गरी ब्रोकर लाइसेन्स दिन सकिने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुले माग गरेको आधारमा उनीहरुले सहायक कम्पनी स्थापना गरेर आएपछि ब्रोकरको लाइसेन्स दिन सकिने व्यवस्था गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...