आज २ बजे मौद्रिक नीति सार्वजनिक हुँदै

Rastra bank

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार बनाउँदै नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

नेपाल राष्ट्र बैंकले काठमाडौंको र्याडिसन होटलमा भब्य कार्यक्रम गर्दै बुधबार दिउँसो २ बजे नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।

यस्तो आउने छ नीति
केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत बैंकहरुले दिने ब्यक्तिगत ओभरड्राफ्ट कर्जा (ओडी) मा थप कडाइ गर्ने भएको छ ।

अहिले बैंकहरुले ७५ लाख रुपैयाँसम्म व्यक्तिगत ओडी दिन पाउँछन् । तर, यसलाई घटाएर ५० लाख रुपैयाँसम्म झार्ने नीति आउनसक्ने अधिकारीहरुले बताएका छन् । व्यवसायिक रुपमा लिइने ओडीमा भने कडाई गर्ने नीति मौद्रिक नीतिले लिने छैन ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ८ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न उत्पादनमूलक क्षेत्रलाई पहिलो प्राथमिकता दिएर मौद्रिक नीतिमा परेको छ ।

हाल कार्यान्वयनमा रहेको नीतिले कृषिमा १० प्रतिशतसहित कुल कर्जाको २५ प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको चुक्तापूँजी बढाउने नीतिमा उल्लेख छ हाल देशभर ६० भन्दा बढी लघुवित्त संस्थाहरु छन् ।

ब्याजदर बढाबढको लिगलिगे दौडलाई अझ तीव्र बनाउने काम विगतमा संस्थापक निक्षेपकर्ताहरुले गर्ने गरेका थिए । ठूला निक्षेपकर्ताको रुपमा रहेका सरकारी संस्थानहरुले बैंकहरुसँग बार्गेन गर्दा संस्थागत निक्षेप तानातानको होड नै चल्ने गरेको थियो ।

मौद्रिक नीतिले एउटा संस्थाबाट कति प्रतिशतसम्म निक्षेप उठाउन पाइन्छ भन्ने बिषयमा स्पष्ट व्यवस्था गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...