ग्लोबल आइएमई बैंकको एक सय शाखारहित बैंकिङ्ग सेवा

Global ime bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवाको संख्या एक सय पुर्याएको छ ।

सोमबार १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग सेवा संञ्चालनमा ल्याएको हो । बैंकले सोमबार एक समारोहका बीच सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो ।

उक्त १०० औँ शाखा रहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ वर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरे।

 बैंकले  ज्येष्ठ नागरिक प्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औ शाखारहित बैंकिङ्ग सेवा १०५ वर्षकी ज्येष्ठ नागरिकको हातबाट समुद्घाटन गरेको हो । ग्लोबल आइएमई बैंकले २०६९ असार २० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।

प्रतिकृया दिनुहोस