नयाँ सिइओ आएकै दिन बजार थप सशंकित, दोहोरो अंकले घट्यो शेयर

Share bajar oralo lagyo

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतलाई हटाएर सरकारकै प्रतिनिधि पठाएकै दिन शेयर बजार थप सशंकित भएको छ ।

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको पूर्व सन्ध्यामा नेप्से प्रमुखलाई पदबाट हटाई बजारमा अन्यौल सिर्जना गरिएको र यसले आगामी दिनमा बजार घटाउन सक्ने विश्लेषण गर्दै सेयर बिक्रीको चाप देखिएको छ ।

आर्थिक वर्षको अन्ततिर मार्जिन कलको समस्यासमेत उस्तै छ । सेयर बेचेरै भए पनि ब्याज तिर्नतर्फ लगानीकर्ता लाग्दासमेत बजार निरन्तर घटिरहेको छ । यही बेला प्राथमिक बजारमा सेयरको बाढी आएको छ । दोस्रो बजारभन्दा सुरक्षित प्राथमिक बजारमा लगानी गर्न कतिपय लगानीकर्ता त्यसतर्फ लाग्दासमेत बजार घटिरहेको अनुमान छ ।

सोमबार नेप्से परिसूचक १७.९६ अंकले घटेर १२०६.४३ को विन्दूमा समेटिन पुगेको छ । सूचक १.४७ प्रतिशतले तल झरे पनि कारोबार रकम भने ४१ करोड ८ लाख रुपैयाँको भएको छ ।

व्यापार र उत्पादन तथा प्रशोधनको उपसूचक उकालो लागेपनि अन्य सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएकोले सेन्सेटिभ इण्डेक्स ३.८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३३ अंकको गिरावट देखिएको छ ।

बैंकिङ समूह १६.४२ अंकले घटेको यो दिन होटल समूह २२.३२ अंक, विकास बैंक समूह १८.०६ अंक, जलविद्युत समूह २२.१ अंक, बित्त समूह ४.५१ अंक, बिमा समूह १३०.४२ अंक, माइक्रोफाइनान्स समूह २१.८९ अंक तथा अन्य समूह ५.२६ अंकले घटेका छन् ।

यो दिन आइतबारको तुलनामा कारोबार रकम पनि केही कम भएको छ । यो दिन बजारमा १ सय ६७ कम्पनीका १० लाख ९७ हजार ६७ कित्ता सेयर ४१ करोड ८ लाख ३४ हजार ८ सय ७७ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...