नेपालमा लगानी गर्न राजदूत सुन्दासको आह्वान

Sudan

काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गरेका छन् । 

नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब ३ दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (एनआरएन), बहराइनमा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमीका प्रतिनिधिसँगको वैदेशिक प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियामा राजदूत सुन्दासले सो कुराको आह्वान गरेको बहराइन दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उप नियोग प्रमुख खगराज अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा चार्टर्ड एकाउन्टेन रमेश धितालले नेपालको आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रक्रिया, लगानी र करसम्बन्धी विद्यमान व्यवस्था, नवीनतम् सिर्जनात्मक लगानीका सम्भावनाबारे प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस