सांग्रिला बैंकको बोनस शेयर पारित

Sangrila bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ दशमलव ५० प्रतिशत बोनस सेयर र ९ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आयतवार सम्पन्न १३ औं वार्षिक साधारणसभाले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रबिन्द्रप्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आव २०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा संलग्न अनुसुचिहरु उपर छलफल गरि १३ औं बार्षिक साधारणसभाले पारित गरेको छ ।

बैंकको २ अर्ब ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पूँजी छ । बैंकको अब बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ ।

सांग्रिला विकास बैंकले चालु आबको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हाल २५ करोड ६ लाख रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ ।

सांग्रिला बैंकको देशभर ५२ शाखा छ । रहेको यस बैंकले चालुु आ.ब.मा पूँजी बृद्धिसँगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुुपर्ने भएकोले आफनो शाखा संजाललाई गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गरेको छ ।

बैंकले पहिलो चरणमा काठमाडौं उपत्यकामा थप ६ वटा शाखासहित सातवटै प्रदेशमा गरि नयाँ २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिइसकेको छ ।

प्रतिकृया दिनुहोस