दुप्चेश्वरमा सुविधासम्पन्न स्वास्थ्यचौकी

Hospital

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारस्थित समुद्रटार स्वास्थ्यचौकीले सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

सुविधासम्पन्न भवनको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले उद्घाटन गरेको हो । सरकारको दुई करोडको लागतमा नयाँ भवन बनेको छ ।

स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भई सेवा पनि शुरु भएकाले अब पहिलेभन्दा अझै स्तरीय स्वास्थ्य सेवा नागरिकले पाउने बताउँदै तामाङले स्वास्थ्यचौकीलाई थप व्यवस्थित बनाउन र आवश्यक थप संरचना निर्माणका लागि ३० लाख गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च गर्न लागेको जानकारी दिए ।

स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासी होमबहादुर डंगोल र मेनुका डंगोलले तीन रोपनी, मधुसूदन आचार्य र राधादेवी आचार्यले दुई रोपनी जग्गा दान गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...