श्रीमान् - श्रीमतीबीचको झगडाले बच्चामा पर्नसक्छ गम्भीर असर

Socialization

हामी अक्सर देख्छौं धेरै श्रीमान् (श्रीमतीबीचमा झगडा भैरहन्छ र कहिलेकाही यस्तो झगडा पारिवारिक विखण्डनसम्मै पुग्नसक्छ । यस्तो अवस्थामा आमाबुबाबीच झगडा र मनमुटावले निर्दोष बच्चाको जीवनलाई कुन हदसम्म प्रभावित बनाउँछ भन्ने बारेमा ख्याल गरिँदैन ।

मनोवैज्ञानिकहरूका अनुसार परिवार र आमाबुबाको झगडाबीच निर्दोष र अवोध बच्चा पेलिने मात्रै होइन उनीहरूले धेरै दुःख झेल्छन् । यसले साना बच्चाबच्चीको मनोविज्ञानमा नकारात्मक असर पर्छ ।

हाम्रै समाजमा पनि धेरै यस्ता समस्या देख्न सकिन्छ जहाँ आमाबुबा बीच अदालतमा मुद्दा चलिरहेका कारण साना बच्चाहरूले धेरै कठिनाइ झेलेका छन् ।

आमाबुबा बीच हुने झगडाको असर सिधै बच्चामा पर्छ । सबैभन्दा धेरै नोक्सान बच्चाहरूको भविष्यमा पर्छ । अझै कैयौं पतिपत्नीले त झगडा गरेपछि बच्चाको नजरमा आफूलाई सही साबित गर्न अबोध बच्चाको दिमागमा एकअर्काका विरुद्धमा नराम्रो कुरा घुसाइदिन्छन् ।

झगडापछि आमाले बच्चासँग उनको बुबा नै बेठिक हुन् भनेर भन्न थाल्छिन् । ‘बुबा सधैँ झगडा गर्छन् । बुबासँग नबोल नभए उनले तिमीलाई नि पिट्छन्’ यस्ता कुरा गरेर बच्चाको मनमा पिताप्रति नकारात्मक धारणा पैदा गराइदिन्छन् ।

त्यस्तै बुबाले उनीहरूको आमाले नै लडाइ सुरु गरेकी हुन् भनेर आमालाई दोषी देखाइदिन्छन् । उनले आमा काम नलाग्ने छिन् भनेर भन्छन् । आमाबुबाको यस खालका कुराले बच्चामा आमाबुबा दुवैप्रति नकारात्मक मानसिकता पैदा हुन्छ । बच्चाहरूले आफूले दुनियाँकै सबैभन्दा राम्रो ठानेको आमाबुबाले नै किन एकअर्कालाई नराम्रो भनिरहेका छन् भन्ने बुझ्न सक्दैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...