विंग्स फाउन्डेसनको सहयोगमा अञ्जलीको सफल उपचार

Safal banayo

सुर्खेत । मुटुमा प्वाल भएकी वीरेन्द्रनगर झुप्राखोलाकी ९ वर्षिय अञ्जली बादीको उपचार सफल भएको छ ।

आर्थिक अभावले उपचारमा समस्या भएकी उनको उपचारमा विंग्स फाउन्डेसन सुर्खेतले सहयोग गरेपछि अञ्जलीको सफल उपचार भएको हो ।

नेपालबाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा गौतम र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतले फाउन्डेसको माध्यामबाट सहयोग संकलन गरी अञ्जलीको उपचारमा सहयोग गरेका थिए ।

फाउन्डेसनका क्रियाशील सदस्य उनीहरुले आफैंले केही र सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरी ५३ हजार ६ सय ७ रुपैयाँ संकलन गरी सहयोग गरेको बताए । उपचारका लागि आवश्यक रकमसहित अञ्जलीको अप्रेसन भएको गंगलाल अस्पताल काठमाडौंमा पनि समन्वय गरी सहयोग गरेको थिए ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उनको उपचार हुन नसकेको थाहा पाएपछि उपचारमा लाग्ने सबै रकम बस्नेत र गौतमले जुटाए । फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक डा. नवराज केसीले पनि अञ्जलीको जीवनरक्षाका लागि भन्दै विषेश पहल गरेका थिए ।

डा.केसीका अनुसार, अञ्जलीलाई जन्मदेखि नै मुटुमा देखिएको प्वाल नपुरिएका कारण समस्या भएको थियो । मुटुमा देखिएको प्वालको समयमा नै शल्यक्रिया भएपछि अञ्जलिको ज्यान बचेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...