अर्थ मन्त्रालयले मुटु उपचारको बजेट रोकियो

Mutu rog

नेपालगन्ज । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि भेरी अञ्चल अस्पताललाई उपलब्ध गराउँदै आएको मुटु उपचार बजेट रोकेको छ ।

औषधिको अभावले बिरामीको उपचारमा बाधा पुगेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामी महँगो औषधि किन्न नसक्दा सास्ती खेप्न बाध्य छन् ।

चिकित्सक र स्वास्थ्यकर्मी पारिश्रमिकबाट वञ्चित छन् । अञ्चल अस्पतालमा २ वर्षअघि क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण सेवा सुरु गरिएको थियो । उक्त सेवाका लागि अर्थ मन्त्रालयले ४ वर्षसम्म वार्षिक १ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति छ । मन्त्रालयले चालु वर्षका लागि आउनुपर्ने बजेट रोकेको हो ।

कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. कृष्ण अधिकारी र डा. विपिन आचार्यसहित १५ स्वास्थ्यकर्मी कार्यरत छन् । ‘नयाँ आर्थिक वर्षमा बजेट रोकिएपछि मुटुरोगीको उपचारमा चुनौती थपिएको छ । आवश्यक पर्ने औषधि बाहिरबाट किन्नुपर्ने बाध्यता छ,’ डा. आचार्यले भने, ‘सरकारी अस्पतालमा मुटु उपचार गर्न आउने गरिब हुन्छन् । अझ अहिले बजेट रोकिएको सुनेको छु ।’ यसअघि पनि ढिलो गरी आउने गरेको थियो । उनका अनुसार अञ्चल अस्पताल १ वर्षमा ८० हृदयघात भएका बिरामीको ज्यान जोगाउन सफल भएको छ । डेढ सयभन्दा बढीको उपचार भएको छ ।

‘यस्तो संवेदनशील क्षेत्रको बजेट सरकारले तत्काल पठाएन भने उपचारमा समस्या हुन्छ,’ उनले भने । ६ करोड ५० लाख खर्च गरेर क्याथ ल्याब जडान भएपछि एन्जियोग्राफी परीक्षण र पेसमेकर राख्न थालिएको थियो । अस्पतालले ०७३ सालदेखि मुटुसम्बन्धी बहिरंग सेवा सञ्चालन गरेपछि बिरामीले उपचार पाएका छन् । अञ्चल अस्पताल प्रमुख डा. प्रकाश थापाले बजेटबारे केन्द्रमा सम्पर्क गर्दा भुलबस मुटुरोग उपचार शीर्षकको बजेट छुटेको जवाफ पाएको बताए ।

‘किन बजेट आएन भनेर सोधिसकेका छौँ । भुलबस छुटेकाले बजेट पठाउने आश्वासन पाएका छौँ,’ उनले भने, ‘चार वर्षका लागि भएको सहमतिअनुसार पनि बजेट पठाउँनैपर्ने हो ।’ उक्त अस्पतालले काठमाडांैस्थित गंगालाल अस्पतालसँग सहकार्य गरेर क्याथ ल्याब जडान गरी सेवा सुरु गरेको थियो । उपचारका लागि आउने मुटुरोगीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसँग सम्बन्धित छन् । यस्तै जन्मजात मुटुको समस्या भएका, मुटुको चाल गडबडी भएका, मुटुको वरिपरि पानी जमेका र मुटुको बाथ रोगसम्बन्धी समस्या भएकाहरू उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...