नेपालीलाई बढ्दै छ सरकार चलाउन ल्याएको ऋणको भारी

Rinko vari

काठमाडौं । प्रत्येक नेपालीलाई ३० हजारको ऋणभार छ भन्दा अचम्म लाग्न सक्छ । तर अहिले प्रत्येक नेपालीले सरकारी ऋणको भारी बोक्नुपरेको छ ।

गएको आवमा सरकारले लिएको ऋणलाई प्रति नेपाली भाग लाउने हो भने एक जनाको टाउकोमा हाल ३० हजार पाँच सय ४७ रूपैयाँ ऋण पुगेको छ । अघिल्लो आवसम्म प्रति नेपालीले २४ हजार एक सय ४३ रूपैयाँ ऋणको दायित्व बोक्नु परेको थियो । एक वर्षको अन्तरालमा प्रतिव्यक्ति ६ हजार ४ सय चार रूपैयाँले ऋणभार थपिएको छ ।

नेपाल सरकारले वैदेशिक र आन्तरिक ऋण दिएको रकमलाई केन्द्रीय तथ्यांक विभागले गरेको प्रक्षेपणमा नेपाली जनसंख्याको आधारमा सो हिसाब निकालिएको हो ।

खर्चका स्रोतहरू बढेकाले आगामी वर्ष यो ऋण अझै बढ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । सरकारले आगामी आवका लागि आन्तरिक र बाह्य दुवै ऋण बढाउने तयारी गरेको छ ।

नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ । सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ ।

५ वर्षअघि आर्थिक वर्ष २०७०/७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो । एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ । गत आर्थिक वर्षसम्म यस्तो ६ खर्ब ९७ अर्ब ६८ करोड थियो ।

सन् २०१८ मा नेपालको कुल जनसंख्या दुई करोड ९२ लाख ९१ हजार सात ४६ जना रहने अनुमान विभागले गरेको छ । गत वर्ष सन् २०१७ मा नेपालको कुल जनसंख्या दुई करोड ८८ लाख ७९ हजार ६ सय ३६ जना रहको विभागको तथ्यांक छ । सन् २०१४ अर्थात् आव २०७०/७१ मा प्रतिव्यक्ति २० हजार मात्रै थियो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७४/७५ मा सरकारले लिएको ऋणमध्ये पाँच खर्ब तीन अर्ब ६२ करोड वैदेशिक ऋण हो । सरकारले विकास ऋणपत्र, राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रजरी बिल, वैदेशिक रोजगारपत्रमार्फत एक वर्षको अवधिमा तीन खर्ब ९१ अर्ब १५ करोड आन्तरिक ऋण उठाएको छ ।

गत आवमा सरकारले लिएको ऋणमध्ये चार खर्ब १३ अर्ब ९७ करोड वैदेशिक ऋण हो भने दुई खर्ब ८३ अर्ब ७१ करोड आन्तरिक ऋण हो। सरकारले गत आर्थिक वर्षमै प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋणको भार घट्ने अनुमान गरे पनि सावा–ब्याँज भुक्तानीको तुलनामा बढी ऋण लिएपछि नेपालीको टाउकोमा ऋण भार थप भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...