सोमबारदेखि काठमाडौंमा स्तन र खाना नलीका क्यान्सरबारे अन्तर्राष्ट्रिय सम्मेलन

Estan

काठमाडौं । काठमाडौंमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ ।

अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपालको नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगबारे यही श्रावण १४ गते सोमबारदेखि तीन दिने सम्मेलन आयोजना गर्न लागेको हो ।

ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आयोजना हुने तीन दिने मेलामा दुवै रोगको उपचार, पुनस्र्थापना र भविष्यका आधारबारे विस्तृत जानकारी दिने व्यवस्था सम्मेलनमा हुने नेपाल मेडिसिटी अस्पतालका मेडिकल डाईरेक्टर डा. सुनिलकुमार ढकालले जानकारी दिए।

सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुःखाई व्यवस्थापनलगायतका उपचारबारे विशेषज्ञहरुबीच वृहत अन्तरक्रिया एवम् छलफल हुने बताइएको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले सम्मेलनमा नेपालका मात्रै १ सय ५० जनाभन्दा बढि क्यान्सर रोगका विशेषज्ञहरु सहभागी हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...