बिहीबार सामान्य अंकले शेयर बजार घट्यो

Shear ghatyo

काठमाडौं । बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर १ हजार १९१.२० बिन्दुमा पुगेको छ ।

यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको हो । कूल १६३ कम्पनीको ७ लाख ९२ हजार ५५ कित्ता शेयर १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको हो । होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ ।

प्रतिकृया दिनुहोस