सरकारी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

Tuth teaching hospital 1

 काठमाडौं । देशका ठुला सरकारी अस्पतालका आवासीय डाक्टरहरुले आकस्मिक बाहेकका सबै सेवाहरु बहिष्कार गरेका छन् ।  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल बीपीकेआइएचएस धरानका रेजिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकको सेवामा सरिक नहुने जनाएका हुन्।

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन, त्रिवि शिक्षण, रेजिडेन्टस एशोसिएसन अफ न्याम्स, वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले विज्ञप्ति जारी गर्दै आकस्मिक र आइसियु बाहेकका सबै सेवा बहिष्कार गर्ने जनाएका छन्।

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार ओपीडी, इनडोर, आउटडोर, ड्रेसिङ्ग, डिस्चार्ज, इलेक्टिभ ओटी, राउन्ड, रेडियोलजिकल, पैथोलजिकल, रेकर्डिङ तथा रिपोर्टिङ, इमर्जेन्सी बाहेकका अल्ट्रासाउण्ड, लगायत सबै गैर आकस्मिक सेवामा पूर्ण रुपले रेजिडेन्ट डाक्डरहरु उपस्थित हुने छैनन्। शिक्षण, वीर र बीपीकेआइएचएस धरान तीनै ठाउँमा सोमबारदेखि नै आकस्मिक बाहेकको सेवामा रेजिडेन्ट चिकित्सक सहभागी नरहेको डा पाण्डेले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...