डा केसीको स्वास्थ्यमा मौलिक हकको उल्लङ्घन

Kc

काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ ।

यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको पछिल्लो प्रमाण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द केसीको अस्पतालमा आधारित ‘अनशन’ बनेको छ ।

चिकित्सा क्षेत्रको सुधारका नाममा पटक पटक आमरण अनशनमा बस्दै आएका प्रा डा केसीले जनताको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन गरिरहेको छ । सरकारी अस्पताल बन्द छन् । बिरामी उपचार नपाएर मर्दैछन् । निजी क्षेत्रका महँगा क्लिनिक र अस्पतालमा तिनै केसी समर्थक चिकित्सक भने काम गरिरहेका छन् ।

नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३८ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...